काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिका– ६ कामत गाउँका नन्दलाल माझीले घर खर्च र औषधि उपचारका लागि स्थानीय ठेकेदार इन्द्रजित राउतसँग चार वर्षअघि ५० हजार ऋण लिएका थिए । त्यही ऋण तिर्न भन्दै ठेकेदारले मजदुरीका लागि उनलाई भारत उत्तर प्रदेशको फरसैया चिस्यान केन्द्र पुर्याए, बँधुवा मजदुर बनाएर काममा जोताए । तर, तीन वर्ष जोतिँदा पनि ऋण सकिएन, बरु…