काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) सङ्घीय संसद्, प्रतिनिधिसभामा दोस्रो पटक सदस्य बन्नुभएको छ । उहाँ बारा–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । व्यास नगरपालिका–४ तनहुँमा विसं २०२४ मा जन्मिनुभएका श्रेष्ठले सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिई २९ हजार पाँच सय मतसहित जित हासिल गर्नुभएको छ । श्रेष्ठले…