म्याग्दीको प्रदेश सभा क्षेत्र (१) मा माओवादीका भण्डारी विजयी « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Sat Dec 10 2022


म्याग्दीको प्रदेश सभा क्षेत्र (१) मा माओवादीका भण्डारी विजयी


182
Shares

म्याग्दी । म्याग्दीको प्रदेश सभा क्षेत्र (१) मा वाम–लोकतान्त्रिक गठवन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हरि भण्डारी विजयी हुनुभएकाे छ ।

भण्डारीले नेकपा एमालेका उम्मेदवार देवेन्द्रबहादुर कटुवाललाई ९ सय ७५ मतले पराजित गरी विजयी हुनु भएकाे हाे । भण्डारीले १२ हजार ७सय ४० मत प्राप्त गर्नुभएकाे छ भने उहाँका प्रतिद्वन्द्वी कटुलाले ११हजार ७सय ६५ मत प्राप्त गर्नुभएकाे छ।

प्रदेश सभा क्षेत्र (१) मा ४८ हजार ४ सय ७२ मतदाता रहेकामा जम्मा २८ हजार ७ सय १७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।