अर्घखाँचीमा एमाले सचिव टोपबहादुर रायमाझी निर्वाचित « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


अर्घखाँचीमा एमाले सचिव टोपबहादुर रायमाझी निर्वाचित


1.339k
Shares

काठमाडाैं । अर्घखाँचीमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी विजयी हुनुभएकाे छ ।

उहाँले कांग्रसकी पुष्पा भुषाललाई १ हजार ७ सय ५० मतले पछि पारेर विजयी हुनुभएकाे हाे । भुसाललाई कांग्रेससँगै माओवादी केन्द्र, नेकपा एस र जनमोर्चाको पनि समर्थन रहेको थियो ।

रायमाझी यसअघि अर्घखाचीबाट नै २०६४, २०७० र २०७४ मा पनि विजयी हुनु भएकाे थियाे । विगतका ३ वटा निर्वाचनमा माओवादीको तर्फबाट विजयी भएकोमा अहिले उनी एमालेबाट विजयी हुनुभएकाे हाे । उनी पटकपटक मन्त्री र उपप्रधानमन्त्री समेत भइसक्नु भएकाे छ ।