काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारी जागीरमा रहेर राजनीतिक दलको जिम्मेवारीमा बसेका कर्मचारीलाई कारबाहीको लागि सिफारिस गरेको छ ।
रास्वपा संसदीय दलका मूख्य सचेतक कविन्द्र बुर्लाकोटीले सामाजिक सञ्जाल मार्फत राजनीतिक दलको जिम्मेवारीमा रहेका निजामति कर्मचारीहरुलाई कारबाहीका लागि सिफारिस गरिएको जनाउनुभएकाे छ ।
त्यस्ता कर्मचारीको विवरण भने सार्वजनिक गरिएको छैन । नाम सार्वजनिक नगरी सम्बन्धित मन्त्रालयमा कारबाहीका लागि सिफारिस गरेको जानकारी उहाँले दिनुभएकाे हाे ।
‘सार्वजनिक संस्थाको जागिरमा रहेर राजनीतिक दलमा जिम्मेवारी लिएको विषयमा प्राप्त उजुरीमा कानुनी कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिएको छ । राष्ट्र पहिलो ।’ बुर्लाकोटीले सामाजिक सञ्जालमा लेख्नुभएको छ । त्यसरी कारबाहीका लागि सिफारिस गरिएका कर्मचारीको संख्या तीन जना रहेको बुझिएको छ ।









प्रतिक्रिया दिनुहोस्