काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दुई दिनसम्म उम्मेदवारी मनोनयनको समयसीमा राख्नुमा षडयन्त्रको आशंका जनाउनुभएको छ । निर्वाचन आयोगले ११ र १२ वैशाखमा उम्मेदवारी मनोनयको समय तोकिएकोमा आंशका व्यक्त गर्दै उहाँले प्रत्येक जिल्लामा कम्तिमा एक पालिका नेकपा (एस)ले पाउनुपर्ने दाबी गर्नुभयो । ‘प्रत्येक जिल्लामा कम्तिमा एक पालिका हामी (नेकपा एस)ले पाउनुपर्छ,’ नेपालले काठमाडौंमा…