सोलुखुम्बु । जिल्लाका आठ स्थानीय तहमध्ये एक पालिकामा मात्र चुनावी तालमेल हुने भएको छ । चारदलीय गठबन्धनको बैठकले जिल्लाको माप्य दूधकोशी गाउँपालिकामा मात्र गठबन्धन गर्ने निर्णय गरेको संयोजक नेपाली कांग्रेस सभापति नाम्गेलजाङ्बु शेर्पाले नाजकारी दिनुभयो । गठबन्धन भएको पालिकामा पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूमा कुन पार्टीको उम्मेदवार बनाउने भन्ने जिम्मा स्थानीय समितिलाई दिने निर्णय…