काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाहले उम्मेदवारी दर्ता गर्नुभएको छ । शाहले स्वतन्त्र हैसियतमा आइतबार राष्ट्रिय सभागृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो । युवाहरुमाझ चर्चित रहेका र्यापर शाहले निकै अघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताउँदै आउनु भएको थियो । पेशाले इन्जिनियर शाहले उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी…