रसुवामा उम्मेदवार छान्न माओवादी केन्द्रद्वारा मतदान « Imagekhabar – Online News Portal of Nepal


रसुवामा उम्मेदवार छान्न माओवादी केन्द्रद्वारा मतदान


169
Shares

रसुवा । नेकपा (माओवादी केन्द्र) रसुवाले उम्मेदवार छान्न मतदान गरेको छ ।

उम्मेदवारका आकांक्षी धेरै भएपछि कालिका गाउँपालिकामा उम्मेदवार छनोटका लागि मतदान गरिएको हो ।

गाउँपालिका अध्यक्षमा सोमबहादुर तामाङ र अर्जुन देवकोटाको दाबी रहेपछि मतदान भएको नेकपा (माओवादी केन्द्र) रसुवाका संयोजक मेघनाथ घिमिरेले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्षमा सहमति हुन नसकेपछि मतदान गरिएको उहाँको भनाइ छ ।

मत परिणामअनुसार तामाङले ३४ र देवकोटाले १८ मत प्राप्त गरेका छन् । जम्मा ५२ मत खसेको थियो ।