Logo ३० भाद्र २०८३, मंगलबार | Wed Sep 16 2026


तुलसीपुर–१७ मा उम्मेदवारको निधनपछि तोकियो नयाँ निर्वाचन तालिका

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्ष उम्मेदवार लबरू चौधरीको निधन भएपछि निर्वाचन आयोगले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । चौधरी नेकपा एमालेको तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । नयाँ निर्वाचन तालिकाअनुसार एमालेका लागि मात्रै बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालका अनुसार बिहीबार…