काठमाडौं । सरकारले स्थानीय निर्वाचनमा भीड बढ्ने भएकाले स्वास्थ्य सावधानी अपनाएर निर्वाचनमा सहभागी हुन अपिल गरेको छ । भारतमा कोरोना संक्रमण बढेकाले नेपाल आउने नागरिकहरू र नेपालमा रहेर चुनावी प्रचारप्रसार तथा मतदान गर्न जाने नागरिकहरूले स्वास्थ्यप्रति संवेदनशील हुन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोनाको सम्भावित जोखिमलाई कम गर्न सरकारले…