काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य पुण्य गौतम नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । भृकुटीमण्डपमा आयोजित नेकपा एमालेको चुनावी सभामा अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई एमाले प्रवेश गराउनुभएको हो । ओलीले पार्टीको झण्डा दिएसँगै गौतमले ओलीको खुट्टा ढोग्नुभएको थियो । एकीकृत समाजवादी पार्टीले आफूहरूलाई सुरुङमा छिराएका कारण एमाले प्रवेश गरेको गौतमले बताउनुभयो ।