नेताहरूले चुनावकै विषयमा धावा बोलिरहेका छन् : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ « Imagekhabar – Online News Portal of Nepal
२८ श्रावण २०७९, शनिबार | Sat Aug 13 2022


नेताहरूले चुनावकै विषयमा धावा बोलिरहेका छन् : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ


130
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक दलका शीर्ष नेताहरूले स्थानीय तहको निर्वाचनमा धावा बोलिरहेको आरोप लगाउनुभएको छ ।

आम निर्वाचन पर्यवेक्षण समिति नेपाल र नेपाल कानून समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको स्थानीय तहको निर्वाचनको पूर्वनिर्वाचन वातावरण सम्बन्धि प्रतिवेदन सार्वजनिक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताउनुभएको हो ।

स्थानीय निर्वाचनमा स्थानीय स्तरका सरोकार र समस्याको सम्बन्धमा छलफल गर्नुपर्ने भएपनि राजनीतिक दलका शीर्ष नेतृत्वहरुबाट स्थानीय निर्वाचनलाई थिचोमिचो गर्ने शैली अपनाइएको उहाँले बताउनुभयो ।

श्रेष्ठले दलका शीर्ष नेताहरूले वाकयुद्ध गरिरहेको बताउँदै नेताहरूका बिचमा सभ्य, सम्मानजनक र जवाफदेही संवाद हुनुपर्नेमा जोड दिनुभयो ।