काठमाडौं । दोलखाको भिमेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वर नारायण मानन्धर र उपमेयरमा नेकपा एमालेकी कमला बस्नेत विजयी भएका छन्। भिमेश्वर नगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार ईश्वर नारायण मानन्धरले ८ हजार ७ सय २३ मत प्राप्त गरेर विजयी हुनुभएकाे हाे। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मेयरका उम्मेदवार हरिवंश चौलागाई ७ हजार ३ सय १…