बाँकेको नेपालगञ्ज उपमहानगरमा मेयरमा कांग्रेस र उपमेयरमा जसपा विजयी « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


बाँकेको नेपालगञ्ज उपमहानगरमा मेयरमा कांग्रेस र उपमेयरमा जसपा विजयी


208
Shares

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ।

आज (शुक्रबार) बिहान सम्पन्न मत गणनाको मत परिणाम अनुसार नेपाली कांग्रेसका प्रशान्त विष्ट २३ हजार ४ सय ६० मत प्राप्त गरेर विजयी हुनुभएकाे हाे। उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पशुपतिदयाल मिश्रले ११ हजार ६ सय ७५ मत प्राप्त गरेर पराजित हुनुभएकाे छ।

विष्ट र मिश्रबीच ११ हजार ७ सय ८५ मतको अन्तर रहेको छ। यसअघि मेयर पदमा विजयी हुनुभएका राप्रपाका उम्मेदवार नन्दलाल वैश्यले ७ हजार ५ सय ९८ मत प्राप्त गर्नुभएकाे छ।

त्यस्तै, साेही उपमहानगरपालिकाको उपमेयरमा भने जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राई १७ हजार ९ सय ५० मत प्राप्त गरेर विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी शान्तिदेवी ढकालले १० हजार ९ सय १५ मत प्राप्त गरेर पराजित हुनुभएकाे हाे।

साथै राप्रपाकी विन्दु चर्तीमगरले १० हजार १ सय ३५ मत प्राप्त गर्नुभएकाे हाे।