Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


अन्तर्राष्ट्रिय र पूर्वाधारसहित ३ संसदीय समितिको बैठक आज बस्दै


65
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पूर्वाधार विकाससहित ३ वटा संसदीय समितिको बैठक शुक्रबार बस्दैछ ।

संसद सचिवालयले सिंहदरबारमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानून, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्ने जनाएकाे हाे। कानून, न्याय तथा मानवअधिकार समितिको बैठक शुक्रबार बिहान १० बजे बस्दैछ । समितिको बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको, २०८३’ को प्रतिवेदन पेश गरी छलफल गर्ने कार्यसूची रहेकाे हाे ।

पूर्वाधार विकास समितिको बैठक पनि शुक्रबारै बिहान १० बजे बस्ने भएकाे छ। बैठकमा विद्युत्को वितरण लाइन, विद्युत्का पोलहरू व्यवस्थापन नभएका कारण सडक निर्माणमा भएको ढिलाइका विषयमा छलफल गर्ने कार्यक्रम रहेकाे सचिवालयले जनाएकाे हाे ।

साथै शुक्रबार बिहान साढे १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञसँग छलफल’ गर्ने कार्यक्रम रहेकाे छ ।

Skip This