बाँके । जिल्लाकाे जानकी गाउँपालिका र बैजनाथ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । जानकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छब्बन खाँ र उपाध्यक्षमा रामप्यारी यादव तथा बैजनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश बहादुर शाही उपाध्यक्षमा निर्मला रोकाय निर्वाचित भएका हुन् । जानकीमा खाँले नेकपा एमालेका हिमान्सु यादवलाई १ हजार ८५८ मतको अन्तरले पराजित गर्नुभयाे…