Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


राष्ट्रिय कविता महोत्सव २०७३ मा प्रथम भएको कविता

“लोकतन्त्रको अस्मिता”— मणिराज सिंह समयको बटुकोमा जमाएर स्वाभिमानमाछाको टाउकोसितदेश टोकिखानेहरूलेकालसर्पको यज्ञकुण्डभित्रचेतनाहरू डढाएररगतको काँचो इतिहासमाअनुवाद गर्नेछन्मनको कोलाजत्यतिखेर,कलिला नानीहरूलाईउच्छृङ्खल इन्द्रेणीसितआफ्नै चोखो बैंस साटिएकोहोससमेत हुनेछैन ।शब्दहरू नबुझिनेगरीजब हल्लाले तातिनेछ बजारउचाल्दै आफ्नै खप्पड र नलीहाडब्युँतिनेछन् पुर्खाहरू मशान भत्काउँदैनदीहरू उफ्रँदैघुघुती–बासुती गर्नेछन्सूर्यको छातीमात्यतिखेर,सूर्य–चन्द्र अङ्कित अटल झन्डामाटल्काउँदै खुकुरीको धारचट्याङहरूखेती गर्न तम्सने छन्आस्था र विचारको ।एक टुक्रो भोकसितनून–खोर्सानी टोक्दैमुर्कुटा भुइँचालोआँखामा बास माग्दै हिँडेका…