Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


कवितामा शान्ति


0
Shares

काठमाडौं , असार १७ ।  नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले हरेक वर्ष बुद्ध जयन्तीका अवसरमा आयोजना गर्दै आएको एनएलजी विशेष शान्ति कविता विहिवार राजधानीमा सम्पन्न भएको छ । कार्यक्रममा शान्तिको कामना गर्दै  डेढ दर्जन कविहरुले शान्ति कविता पाठ गरेका छन् ।उक्त गोष्ठीमा कर्णाद महर्षि , विक्रम सुब्बा  मनु मञ्जिल , बुनु लामिछाने ,सन्ध्या पहाडी सुमन पोखरेल , अनुपम रोशी ,उमेश अकिञ्चन , विष्णु भण्डारी , नवराज पराजुली ,केजी सुब्बा लगायतका कविहरुले शान्ति विषय माथि लेखिएका कविता पाठ गरेका थिए । यस्तै उषा शेरचन र ठाकुरर बेलवासेले अतिथि कविकाहरुमा कविता पाठ गरेका थिए ।
गोष्ठीका प्रमुख अतिथि कवि एवं संस्कृतिविद् तुलसी दिवसले कविताले दिने शान्ति कुनै पनि चिजले दिन नसक्ने बताए । उनले कविताको शक्ति अन्य कुनै विषयसंग तुलना नै हुन नसक्ने दावी पनि गरे । यस्तै प्रतिष्ठानका अध्यक्ष कवि एवं निवन्धकार मोमिलाले नेपाली भाषा , साहित्य र संस्कृतिको उन्नयनका लागि प्रतिष्ठानले नयाँ ढंगबाट काम गर्न खोजेको बताईन । उनले राम्रा सष्ट्राको पहिचान गर्दै उनीहरुका  सिर्जना सम्प्रेषण गर्नु आजको आवश्यकता रहेको बताईन ।  
गोष्ठीमा एनएनजी ईन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृति विजयबहादुर शाहले  साहित्यिक क्षेत्रलाई व्यापारिक प्रतिष्ठानले सहयोग गर्नु पर्ने बताउदै हरेक मान्छेलाई साहित्यले भिन्न चेतना दिने भएका कारण हरेक क्षेत्रले साहित्यलाई सहयोग गर्नु पर्ने बताए ।
उक्त कार्यक्रममा कलाश्री साहित्य वार्षिक पत्रिका र कला , साहित्यिक ईपत्रिकाको अंग्रेजी र नेपाली संस्करणको समेत  विमोचन गरिएको थियो । कलाश्री साहित्य वार्षिक पत्रिकामा छापिएका सिर्जना मध्ये समाजका सम्भाहक कविताका रुपमा अमर गिरीलाई रु एघार हजार एक रुपैयाँको एनएलजी कलाश्री  सिर्जना पुरस्कृत प्रदान गरियो । कार्यक्रममा  अतिथि कविहरु उषा शेरचन र ठाकुर वेलवासेलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा उपाध्यक्ष कवि राजेश्वर कार्कीले प्रतिष्ठानका कार्यक्रम बारे प्रकाश पार्दै नेपाली साहित्यको उत्थानका लागि प्रतिष्ठान स्वेदेश र  विदेशमा समेत सक्रिय रहने बताए ।