Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १७ गते


0
Shares

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशनको मिति परिवर्तन भएको छ। यसअघि असोज ९ र १० गते वीरगञ्जमा गर्ने तय भएको महाधिवेशन अब असोज १७ गते शनिबार हुने भएको छ।

लगातारको वर्षा तथा आगामी दिनमा भारीदेखि अति भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै महाधिवेशनको मिति सारिएको पार्टीका प्रवक्ता चन्दन सिंहले जानकारी दिनुभयो।

प्रतिकूल मौसमका कारण देशका विभिन्न स्थानबाट वीरगञ्ज आउने प्रतिनिधि, नेता तथा शुभेच्छुकको यात्रा र व्यवस्थापनमा कठिनाइ हुनसक्ने भएकाले तालिका परिवर्तन गरिएको उहाँले बताउनुभयो।

पार्टीले जारी गरेको विज्ञप्तिमा सहभागीको सुरक्षा र सहज आवागमनलाई प्राथमिकतामा राख्दै नयाँ मिति तय गरिएको उल्लेख छ।

यसअघि तय गरिएको कार्यक्रमअनुसार अध्यक्षसहित विभिन्न केन्द्रीय पदका लागि उम्मेदवारी दर्ता प्रक्रिया अघि बढिसकेको थियो। अब परिमार्जित कार्यतालिकाअनुसार असोज १७ गते महाधिवेशन हुने पार्टीले जनाएको छ।

Skip This