काठमाडौं, असार ९ । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०७३ मा लतिलपुरका मणिराज सिंहको ‘लोकतन्त्रको अस्मिता’ शीर्षकको कविता प्रथम भएको छ ।छानिएका ४५ ओटा कवितामध्ये सिंहको कविता प्रथम भएको हो ।यस्तै, नुवाकोटका पुरु लम्सालको ‘घर फर्कने सपना’ शीर्षकको कविता दोस्रो भएको छ ।यसैगरी, अर्घाखाँचीका असिम सागरको ‘टेको’, सिन्धुपाल्चोकका त्रिलोचन आचार्यको ‘म नेपाली’…