Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


सर्वनाममा सुनिए छविरमण र सुमन

हरेक महिनाको पहिलो दिन दुई कविका कविता सुनाइने शृंखलाअन्तर्गत् ४६औं शृंखलामा शुक्रबार कविद्वयले आफ्ना एक/एक दर्जन कविता सुनाएका हुन् । लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामको संयुक्त आयोजनामा हरेक महिनाको पहिलो दिन ‘हामी कवि र कविता’ शीर्षकमा कविता वाचन हुँदै आएको छ । यसपटकदेखि कविता वाचन गर्ने कविहरुले पारिश्रमिकसमेत पाउनेछन् ।