१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


टोनी हेगनद्वारा लिखित ‘डिसेन्ट्रलाइजेसन एन्ड डिभेलपमेन्ट’को नेपाली संस्करण सार्वजनिक


0
Shares

टोनी हेगन फाउन्डेसनले मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी सन् २०१२ मा प्रकाशित उक्त पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरेको हो ।

नेपालका लागि स्वीस राजदूत जोर्ग फ्रेन्डेनले पुस्तकको विमोचन गरे ।

सन् १९५२ मा संयुक्त राष्ट्रसघंको तर्फबाट नेपालको भौगोलिक खोज र अनुसन्धान गर्न हेगन नेपाल आएका थिए ।

त्यस समयमा नेपालको विकास प्रणाली, विकास नीतिका नयाँ धार, राजतन्त्र र नेपालको विकास प्रक्रियालगायतका विषय समावेश गरेर लेखेको पुस्तक सन् २०१२ मा हेगनकी छोरी क्याट्रिनले प्रकाशन गरेकी थिइन् ।