१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


‘पहिलो लाहुरे विद्यावारिधि डा. हर्षबहादुर बुढामगर’ विमोचित


0
Shares

उपराष्ट्रपपति नन्दबहादुर पुनले लोकापर्ण गरेको उक्त पुस्तक डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानले प्रकाशन गरेको हो ।

पुस्तकमा स्वर्गीय बुढामगरको जीवनका आरोह–अवरोह समावेश गरिएको छ ।

लाहुरे जीवनबाट अवकाश पाएपछि विद्यावारिधि गरेका बुढामगरका २४ ओटा साहित्यिक कृतिहरु पनि रहेका छन् ।

पुस्तक विमोचन गदै उपराष्ट्रपपति पुनले दुर्गम क्षेत्रमा जन्मिएर लाहुरे बनेका बुढामगरले साहित्यमा पनि उल्लेख्य योगदान पुर्‍याएको बताए ।

सो अवसरमा राष्ट्रकवि माधव घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी, सभामुख ओनासरी घर्ती तथा सामाजिक, शैक्षिक र लोकगीतको क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।