बुधबार पोखरामा भएको कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीलगायतले अरु भाषासहित नेपाली भाषालाई पनि समृद्ध बनाउनु आवश्यक भएकोमा जोड दिएका हुन् । कार्यक्रममा आयोगका अध्यक्ष अवस्थीले संरक्षणको अभावमा धेरै भाषाहरू लोपोन्मुख अवस्थामा पुगेकोप्रति गम्भीर बन्नुपर्ने बताए । यस्तै, भाषाविद् प्रा. डा. योगेन्द्र यादवले भाषाको विद्यमान अवस्थाबारे पुनःमूल्यांकन गर्नुपर्ने अवस्था आएको बताए । पछिल्लो जनगणनाबाट…