वरिष्ठ साहित्यकार लिलाध्वज थापाको ९७ औँ जन्मजयन्तीको अवसरमा शुक्रबार (आज) लिलाध्वज थापा साहित्य प्रष्तिठानले राजधानीमा गरेको कार्यक्रममा संस्कृतिविद् जोशीलाई सम्मान गरिएको हो । नेपालको सांस्कृतिक क्षेत्रमा योगदान पुर्याएकोमा जोशीलाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । कार्यक्रममा विजयध्वज थापाले लेखेको संस्मरण ‘घुम्दाघुम्दै अद्भुत गुफा’ र शारदा सुवेदीले लेखेकी मुक्तक संग्रह ‘मनसँग एक छिन्’को लोर्कापणसमेत गरियो…