युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा चारजना सम्मानित « Image Khabar


युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा चारजना सम्मानित


Imagekhabar
९ जेष्ठ २०७४, मंगलवार २०:११

मंगलबार काठमाडौंमा गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक डा. बासुदेव त्रिपाठीलाई एक लाख रुपैयाँ राशीसहित युगकवि सिद्धिचरण पुरस्कार–२०७४ बाट सम्मानित गरिन् ।

यस्तै, युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कारबाट पत्रकारहरु जयदेव भट्टराई, पुष्पहरि क्याम्पाराई र नरेशवीर शाक्य सम्मानित भएका छन् । उनीहरु जनही २५ हजार नगद राशीसहित सम्मानित भएका हुन् ।

कार्यक्रममा सिद्धिचरण श्रेष्ठद्वारा रचित खन्डकाव्य ‘युद्ध र शान्ति’ एवं युगकवि सिद्धिचरण प्रतिष्ठानका प्राध्यापक मोहन सिटौलाद्वारा रचित ‘सिद्धसुधा’ महाकाव्य पनि सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्