‘अरु भाषासहित नेपाली भाषालाई पनि समृद्ध बनाउनु आवश्यक’ « Image Khabar


‘अरु भाषासहित नेपाली भाषालाई पनि समृद्ध बनाउनु आवश्यक’


Imagekhabar
२४ जेष्ठ २०७४, बुधबार १६:२६

बुधबार पोखरामा भएको कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीलगायतले अरु भाषासहित नेपाली भाषालाई पनि समृद्ध बनाउनु आवश्यक भएकोमा जोड दिएका हुन् ।

कार्यक्रममा आयोगका अध्यक्ष अवस्थीले संरक्षणको अभावमा धेरै भाषाहरू लोपोन्मुख अवस्थामा पुगेकोप्रति गम्भीर बन्नुपर्ने बताए ।

यस्तै, भाषाविद् प्रा. डा. योगेन्द्र यादवले भाषाको विद्यमान अवस्थाबारे पुनःमूल्यांकन गर्नुपर्ने अवस्था आएको बताए ।

पछिल्लो जनगणनाबाट नेपालमा १२३ भाषाको पहिचान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्