बुद्ध जन्मभूमी नेपालमा त्रिपिटकका सम्पूर्ण ग्रन्थ अहिलेसम्म नेपालमा बोलिने कुनै पनि भाषामा उपलब्ध हुन नसकिरहेको अवस्थामा ललितपुरको हबहालस्थित वीरपूर्ण संग्रहालयले पुस्तक अनुवाद र प्रकाशन गर्ने कार्यलाई तीब्रता दिएको हो । संग्रहालयले त्रिपिटक अनुुवाद गरी प्रकाशित गर्ने कार्य चार दशकअघि सुरु गरेको थियो । पछिल्लोपटक विस्तृत कार्ययोजना बनाई विभिन्न बौद्ध अध्येयता, भिक्षु र भिक्षुणीबाट अनुवाद कार्य…