Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


धनगढीमा कवि विवशको एकल वाचन, कविता सुन्नलाई एकसय रुपैंयाँ

सय रुपैयाँको टिकट काटेर कविता सुन्न आएका दर्शकलाई शनिबार उनले दुई दर्जन कविता सुनाएर सन्तुष्ट बनाए । रुबस होटलमा आयोजित एकल कविता वाचनमा विवशले सिमान्तकृत समुदायको आवाज मुखरित गरे । उनका गीत, गजल र कवितामा आञ्चलिक स्वाद पाइन्छ । उनले भगवानको खोजी हली, बा दमाहा र ढोलक, देशको खोजी, कतारको रैबार, भुकम्प र राहत, कौशी…