काठमाडौं, साउन २४ । उपन्यासकार हरि कटुवालको उपन्यास ‘रेडलाईट’को आज काठमाडौंमा लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य तथा उपन्यासकार माया ठकुरीले एक कार्यक्रमकाबीच उपन्यासको लोकार्पण गरेकी हुन् । उनले उपन्यास समाजमा भएका बेथितिहरुलाई मुखरीत गर्ने माध्यम भएको भन्दै ‘रेडलाइट’ साहित्यिक उपन्यास रहेको बताइन् । उपन्यासले साहित्यिक दृष्टिकोणबाट समाजमा देखिएका यौन विषयवस्तुलाई प्रष्फुटन गरेको…