काठमाडौं, साउन ११ । पत्रकार एवं गीतकार हरिराम पौडेलको गीतिसंग्रह ‘मेरो खुसी मेरो चाह’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वअर्थमन्त्री एवं गीतकार एसपी कोइराला, डा. कृष्णहरि बराल, डा. घनश्याम न्यौपाने परिश्रमी, चूडामणि देवकोटा, युवराज नयाँघरे, नवराज लम्साललगायतले पौडेलको पहिलो गीतिसंग्रहको संयुक्तरुपमा विमोचन गरे । कार्यक्रमका वक्ताहरुले गीतकार पौडेल सम्भावना बोकेको गीतकार भन्दै…