काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले समसामयिक राजनीतिमाथि विवेचना गरिएको पुस्तक ‘राजनीतिसँगै राजकाज’ सार्वजनिक गर्नुभएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पुस्तकको विमोचन गर्नुभयो । पुस्तकमा मिश्रले नेपालको राजनीतिको उठान, अभ्यास र वर्तमान अवस्थालाई केलाउनु भएको छ । मिश्रले नेपाली राजनीतिको…