काठमाडौं । नेपाल भाषाका करिब तीस हजार शब्द भएको अनलाइन शब्दकोष ‘नेपाल भाषा अनलाइन डिक्स्नरी’ सञ्चालनमा ल्याइएको छ । भर्चुअल माध्यमबाट नेपाल भाषामा अनलाइन शब्दकोष सुरु गरिएको हो । शब्दकोषमा हालका लागि ३३ हजार भन्दा बढी शब्दको अर्थ, १२ सय भन्दा बढी उखान र हजार भन्दा बढी बच्चाहरूको नाम राखिएको छ । नेपालभाषाका अभियन्ताहरु संस्कृतिविद्…