
काठमाडौं, चैत २० । साहित्यकार तथा पत्रकार रुमु न्यौपानेको कथासंग्रह ‘मोक्का’ सार्वजनिक भएको छ ।
न्यौपानेको जन्मदिनको अवसरमा बिहीबार मोक्का सार्वजनिक भएको छ ।
समाजसेवी भद्रकुमारी घलेले मोक्का कथा संग्रहको विमोचन गर्नुभएको हो ।
लाइन्स क्लब अफ काठमाडौंको आयोजनामा उक्त पुस्तक विमोचन गरिएको हो ।
बिहानीको किरण कविता संग्रह उहाँले १४ बर्षको उमेरमा प्रकाशित गर्नुभएको थियो । त्यो पहिलो कृति हो ।
आफ्नै छायाँसँग दोश्रो पुस्तक कविता संग्रह ।
मनपोखरीमा अस्ट्रेलिया खण्डकाव्य र अहिले मोक्का कथासंग्रह प्रकाशित गर्नुभएको छ ।
न्यौपानेका ४ वटा पुस्तक प्रकाशित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्