काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहीबार महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समस्या समाधान गर्न सरकार सक्रिय रहेको उल्लेख गर्नुभएकाे हाे। उनीहरूले उत्पादन गरेका वस्तुहरूलाई पर्यटकीय स्थलहरूमा प्रवर्द्धन गर्ने वातावरण निर्माण गरिने समेत उहाँले आश्वासन…