Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


जेनजी प्रदर्शनका क्रममा जघन्य अपराधमा जोडिएका आरोपीलाई उन्मुक्ति हुँदैन: प्रवक्ता काफ्ले

जघन्य प्रकृतिको कसुरका कुनै पनि आरोपीलाई छुट नहुने दावी

312
Shares

काठमाडौं । प्रहरीले गत वर्षको भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा घटेको जघन्य अपराधको घटनाका आरोपी कुनै पनि पनि उन्मुक्ति नहुने जनाएको छ ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित पत्रकार भेटघाटका क्रममा प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जघन्य प्रकृतिको कसुरका कुनै पनि आरोपीलाई छुट नहुने दावी गर्नुभएकाे हाे। उहाँले महान्यायाधिवक्ता कार्यालयबाट पनि सरकारको तर्फबाट कुनै पत्र नआएको र गम्भीर घटनाका आरोपीलाई उन्मुक्ति दिन नहुने बताउनुभयाे

भदौ २३ र २४ गतेको घटनामा ३ प्रहरीसहित ७६ जनाको ज्यान गएकाे थियाे ।