काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलाेर (आरसीबी)ले कोलकता नाइट राइडर्सलाई पराजित गरेकाे छ। रायपुरमा बुधबार राति भएकाे खेलमा आरसीबी ६ विकेटले विजयी भएसँगै तालिकाको शीर्षस्थानमा उक्लिएको हाे । टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले ४ विकेट गुमाएर १ सय ९२ रन बनायो । कोलकताले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको…