Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


रास्वपाका उपनेता पराजुलीको अभिव्यक्तिप्रति कांग्रेसका सचेतक राईको आपत्ति


39
Shares

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले न्यायाधीशकाे बारे रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएकाे छ ।

प्रतिनिधिसभाकाे बुधबार बसेको बैठकको आकस्मिक समयमा बाेल्दै कांग्रेस सचेतक राईले यस्ताे आपत्ति जनाउनुभएकाे हाे ।दुई तिहाइको दम्भ देखाउँदै न्यायाधीशमाथि गरिएको टिप्पणी अराजनीतिक मात्र नभई असंवैधानिक समेत भएको भन्दै आपत्ति जनाउनुभएकाे छ ।

महाभियोग लागेका अवस्थामा बाहेक अन्य साधारण अवस्थामा न्यायाधीशहरूकाे बारेमा सदनमा बहस गर्न नपाइने विषय संविधानमा उल्लेख रहे पनि रास्वपा सांसदले सदनलाई लत्काएर न्यायाधीशको बारेमा टिप्पणी गरेको उहााकाे भनाइ छ । उहाँले यस विषयमा सभामुखले समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयाे । सचेतक राईले सरकारको नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्री शाहले नै दिनुपर्ने भन्दै प्रधानमन्त्रीलाई रुलिङ गरेर सभामा बोलाउन माग गर्नुभएकाे छ ।

कांग्रेस सचेतक राईले धारणा राखेपछि रास्वपा दलका उपनेता पराजुलीले उठेर विरोध जनाउनुभएकाे थियाे । तर सभामुख डीपी अर्यालले मंगलबारको धारणा हेर्न बाँकी रहेको भन्दै बस्न आग्रह गर्नुभएकाे थियाे ।