दाङ । घोराही उपमहानगरपालिकाले मेयरमा उठ्न टिकट नपाउने निश्चित भएपछि नेकपा (माओवादी केन्द्र)का दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिनुभएको छ । केन्द्रीय सदस्यसमेत रहनुभएका गौतमले सोमबार घोराहीमा पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको हो । गौतम ०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट मेयरका उम्मेदवारी दिनुभएको थियो ।…