Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


पाँचथरमा पहिरोले पुरिएर एक जनाकाे मृत्यु


234
Shares

पाँचथर। पाँचथरको फिदिम बुद्धमार्गमा घरको शिलान्यास गर्दै गर्दा माथिबाट खसेको पहिरोले एक व्यक्तिको मृत्यु भएको छ।

मृत्यु हुनेमा ६९ वर्षीय फिदिम सुखबोध माध्यामिक विद्यालय जोरसालका पूर्व-प्रधानाध्यापक गोपाल ढुंगाना रहेका छन् । आज (साेमबार) बिहान छिमेकिको घरकाे शिलान्यास पूजा गर्न गएका ढुंगाना माथिबाट सेफ्टीट्याङ्कीको वाल झरेर पुरिएका थिए ।

टाउकोमा गम्भीर चोट लागेको उनलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभएकाे छ ।

Skip This