मेयरको टिकट नपाउने भएपछि दाङ माओवादीका इन्चार्जद्वारा राजीनामा « Imagekhabar – Online News Portal of Nepal


मेयरको टिकट नपाउने भएपछि दाङ माओवादीका इन्चार्जद्वारा राजीनामा


1.56k
Shares

दाङ । घोराही उपमहानगरपालिकाले मेयरमा उठ्न टिकट नपाउने निश्चित भएपछि नेकपा (माओवादी केन्द्र)का दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिनुभएको छ ।

केन्द्रीय सदस्यसमेत रहनुभएका गौतमले सोमबार घोराहीमा पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको हो ।

गौतम ०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट मेयरका उम्मेदवारी दिनुभएको थियो ।

अहिले पनि उहाँले घोराही उपमहानगरपालिका मेयरको दाबी गर्नुभएको थियो । तर, आफ्नो भागमा मेयर नपर्ने भएपछि उहाँले पार्टी परित्याग गर्नुभएको हो ।

नारायणकाजी श्रेष्ठनिकट मानिने गौतमले आफूलाई पार्टीले सहयोग नगरेको गुनासो गर्दै आउनुभएको थियो ।

साथै, उहाँले माओवादीलाई गैरकम्युनिस्ट चरित्र देखाएको आरोपसमेत लगाउनुभयो । माओवादी छोडे पनि कुनै पार्टीमा नजाने उहाँको भनाइ छ ।