काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीको विवरण अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको हाे। कोशी प्रदेश अन्तर्गत पाँचथरको फालेलुङ गाउँपालिका-४ आसपास फिदिम–फालेलुङ सडकखण्ड पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ। बागमती प्रदेशमा सबैभन्दा बढी सडक प्रभावित भएका हुन्। काभ्रेको…