Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम आगामी असोज १ गते घोषणा गरिंने


0
Shares

काठमाडौं। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण स्थगित भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते गरिने भएको छ।

करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत यो उपहार कार्यक्रम घोषणा गरिएको थियो । साउन १ देखि शुरु प्रोत्साहन कार्यक्रम अन्तर्गत यहि भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो । असोज १ गते भदौको पुरस्कार घोषणा गर्ने तयारी गरिएको अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागका महानिर्देशक डा.भीष्मकुमार भुसालले बताउनुभयाे।

पहिलो चरणमा भदौ १ देखि १५ गतेसम्म बिल-बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्येबाट हरेक दिनको एकका दरले १५ जनालाई जनही एक लाख ३३ हजार ३ सय ३४ रुपैयाँ प्रदान गरिने भएकाे छ।