Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


काठमाडौंको कोटेश्वर महादेवस्थान मन्दिरमा पनि भक्तजनको भीड

 काठमाडाैं। हरितालिका तीजको अवसरमा काठमाडाैंकाे कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा साेमबार बिहानैदेखि दर्शन तथा पूजा-आजाका लागि पुगेका भक्तजनको घुइँचो लागेको छ। तीज मनाउन आएका महिला भक्तजनका कारण मन्दिर परिसरमा उल्लासमय वातावरण देखिएको हाे। साथै कोटेश्वर महादेवस्थानमा तीजका दिन पनि महिला नगर प्रहरीहरू खटिएका छन् ।