काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनपछि आफू नेतृत्वको एमालेले मुलुकलाई राष्ट्रिय एकतामा बाँध्दै पुनःनिर्माण र पुनःस्थापनाको मार्गमा अघि बढ्ने दावी गर्नुभएको छ। काठमाडौंमा बिहीबार सम्पादकहरुसँगको संवादमा उहाँले यस्ताे दावी गर्नुभएको हो। संवादमा उहाँले ११ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा आफूविरुद्ध कसैले उम्मेदवारी नदिउन् भन्ने आफ्नो चाहना रहेको भएता…