Logo ८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026


महाधिवेशनपछि आफ्नै नेतृत्वमा एमाले राष्ट्रिय पुनर्जागरण अभियानमा अघि बढ्ने अध्यक्ष ओलीकाे दावी


182
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनपछि आफू नेतृत्वको एमालेले मुलुकलाई राष्ट्रिय एकतामा बाँध्दै पुनःनिर्माण र पुनःस्थापनाको मार्गमा अघि बढ्ने दावी गर्नुभएको छ।

काठमाडौंमा बिहीबार सम्पादकहरुसँगको संवादमा उहाँले यस्ताे दावी गर्नुभएको हो। संवादमा उहाँले ११ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा आफूविरुद्ध कसैले उम्मेदवारी नदिउन् भन्ने आफ्नो चाहना रहेको भएता पनि स्थिति त्यतातिर नगएको बताउनुभयो। उहाँले महाधिवेशनको प्रश्तावकाे बारेमा शुक्रबार अन्तिम छलफल बसेर टुंगिने समेत जानकारी गराउनुभयो। अघि बढाउने प्रश्ताव सहमतिमै हुने उहाँको भनाइ छ।

अध्यक्ष ओलीले पार्टीको अगामी अध्यक्ष आफैं हुने थाहा भए पनि धेरैलाई यो कुरा सह्य हुन नसकेको टिप्पणी पनि गर्नुभयो।