Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


कांग्रेस नेता सिटौलाको निर्वाचन क्षेत्रबाट निर्वाचनका लागि उम्मेदवारको लर्को


2k
Shares


काठमाडाैं।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्र झापा-३ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको लर्को लागेको छ।

झापा-३ बाट कांग्रेसले प्रत्यक्षतर्फ ८ जनाको र समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस गरेको क्षेत्रीय सभापति गणेश पोखरेलले बताउनुभएकाे हाे। यसअघि २०७४ र २०७९ को निर्वाचनमा यो क्षेत्रमा नेता सिटौला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित हुनुभएकाे थियाे।

अहिले नेता सिटौला राष्ट्रिय सभाका सदस्य हुनुभएकाे छ। राष्ट्रिय सभामा रहेका कारण उहाँको नाम सिफारिस भएकाे छैन। तर, सिफारिस भएकाहरूमा अधिकांश उहाँ निकटकै छन् भने सिटौला पुत्रको नाम पनि सिफारिस भएको छ।