काठमाडौं । धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको निधन भएको छ । लामो समयदेखि क्यान्सर पीडित शेखको शनिबार बेलुकी निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् । फोक्सोमा क्यान्सर भएर चार वर्षदेखि उपचाररत ७० वर्षीय उनलाई दुई महिनादेखि पित्तथैलीमा पत्थरीसमेत भएको थियो । शेख नेपाली कांग्रेसबाट २०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए…