Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


अमेरिकाले भेनेजुएलाका थप ६ वटा पानी जहाजमाथि लगायाे प्रतिबन्ध


143
Shares

एजेन्सी। अमेरिकाले भेनेजुएलाको ६ वटा पानी जहाजमाथि प्रतिबन्ध लगाएको छ।

अमेरिकाले भेनेजुएलाको तेल बोकिरहेको भनिएका थप ६ वटा जहाजमाथि नयाँ प्रतिबन्ध लगाएको हो। यसअघि एक दिनअघि मात्र अमेरिकाले भेनेजुएलाको तट नजिकैबाट एउटा तेल ट्यांकर कब्जा गरेको थियो। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटका अनुसार कब्जा गरिएको जहाज स्किपर अवैध तेल ढुवानीमा संलग्न थियो।

साेही घटनालाई कराकासले अन्तर्राष्ट्रिय समुद्री डकैती को घटना भनेको छ। यस कदमले मदुरोविरुद्ध अमेरिकाको दबाब अभियान एकदमै चर्किएको संकेत गरेकाे हाे। राष्ट्रपति ट्रम्प प्रशासनले भेनेजुएलामाथि अमेरिकामा लागूऔषध पठाएको आरोप लगाउँदै आएको छ।

तेलको विशाल भण्डार भएको भेनेजुएलाले भने अमेरिकामाथि आफ्ना स्रोत लुट्ने प्रयास गरेको आरोप लगाएको हाे।